चैतन्य पाठशालामा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न

धनगढी- धनगढीमा रहेको चैतन्य पाठशाला स्कुलले अभिभावक शिक्षा चैतन्य आदर्श अभिभावक उत्पे्ररणा कार्यक्रम सम्पन्न गरेको छ । अभिभावक शिक्षा तथा चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम अभिभावक कार्यक्रम विद्यालयका व्ययस्थापन समितिका अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको हो ।

Dadeldhura hospital

कार्यक्रममा प्रमुख अथिति चैतन्य ईन्सिच्युड अफ म्यानेजमेन्टका प्रमुख प्रशासकीय अधिकृत तथा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी रहेका थिए । कार्यक्रममा प्रमुख अथिति जोशीले शिक्षासँगै संस्कारलाई प्राथमिकता दिदै आएको बताए । चैतन्य पाठशालाले अभिभावक शिक्षा चैतन्य आदर्श अभिभावक उत्पे्ररणा कार्यक्रम एक कार्यक्रम गरी मनाउने धनगढीमा पहिलो स्कुल भएको दावी गरे । उनले शिक्षा र संस्कारकै कारण अहिले संस्कृतिको विकास भैरहेको बताउँदै शिक्षाले संस्कार र संस्कारले शिक्षालाई जोड्ने पुलको काम गरेको बताए । ‘हाम्रो शिक्षामा सुधार पढाइलाईमात्र नभएर पढाइ संगसगै अन्ने अतिरिक्त क्रियाकलाप गर्न पहिलो स्कुल चैतन्य पर्ने प्रमुख अथिति जोशीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

समाजको शिक्षालाइ सुधार गर्नुछ भने समाजमा रहेका हरेको परिवेशमा रहेका बालबालिकालाइ एक जुठ गर्नुका साथै समाजको विकाशको शिक्षालाइ सुधार गर्न आवश्यक रहेको प्रमुख अथिति जोशीले बताए । ‘हिजोको शिक्षा भन्दा आजको शिक्षामा धेरै कुरामा अगाडी भएको अझै शिक्षा क्षेत्रमा नयाँ आइयामी थप गर्ने यसमा असल अभिभावकको महत्व पूणर् भूमिका रहनुपर्नेछ’, उनले भने ।

चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहले शिक्षा क्षेत्रमा फरक गर्नु प्रर्ने समय आएको बताए । समाज सापेक्षय नयाँ सुरुवात गर्ने समय सापेक्षय अनुसार कसरी शिक्षालाई राम्रो गर्नमा अभिभाबक ठूलो भूमिका रहेको बताए । यदि समाजलाइ शिक्षित समाज बनाउनु छ भने शुरुमा अफै बाट सुरु गर्नुपर्ने उनले बताए । ‘शिक्षामा रुपान्तण गर्नुपर्ने हामी सबैको काधमा जिम्वारी हो’ चैतन्य पाठशालाका पिटीए अध्यक्ष ईश्वर गिरीले बताए । अभिभावक शिक्षा चैतन्य आदर्श अभिभावक उत्पे्ररणा कार्यक्रममा अभिभावक, शिक्षक शिक्षिका, बिद्यायार्थीहरुको सहभागिता रहेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक बिन्दा बमले गरेकी हुन । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक रमेश छेडालले गरेका थिए ।

Loading...