कञ्चनपुरको शुक्लाफाँटामा अलपत्र पर्‍यो लिफ्ट सिँचाइ आयोजना

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका वडा नं.९ सिसैयामा आठ वर्ष अघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना पूर्ण रुपमा सम्पन्न नगरी अलपत्र छाडिएको हो ।

Ganyapdhura gau

आयोजनाका लागि संरचना निर्माण गरिए पनि किसानको खेतमा भने पानी पुग्न सकेको छैन । वि.सं.२०७२ मा निर्माण प्रारम्भ गरिएको आयोजनाको काम वि.सं. २०७३ मंसिरमा सम्पन्न भएको जनाइएको छ । सिँचाइ आयोजनाका लागि पाइपलाइन बिच्छ्याउने काम पूरा नगरीकनै निर्माण व्यवसायीले भुक्तानी लिएर गएपछि आयोजना सञ्चालनमा आउन नसकेको स्थानीय उपभोक्ताको भनाइ छ ।

Navadurga sun

नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) को संयुक्त लगानीमा सामुदायिक सिँचाइ आयोजना (सिआइपी) कञ्चनपुर अन्तर्गत ४४ लाख ६१ हजार ९ सय ७२ को लागतमा ठेक्का प्रक्रिया मार्फत सिँचाइ आयोजना निर्माण गरिएको हो । जसमा लालपनिया लिफ्ट सिँचाइ उपआयोजना उपभोक्ता समिति मार्फत जनश्रम दान सहित ५ लाख ६३ हजार ८ सय ७ मा आयोजनाको यन्त्र राख्ने घर निर्माण गरिएको छ ।

Dadhaldhura pur

आयोजनाका लागि जग्गा निः शुल्क रुपमा उपलब्ध गराएका हुकुम चुनाराले केही क्षेत्रमा आयोजना अन्तर्गत पाइपलाइन बिच्छयाइएको भए पनि मूल सडकमा पाइपलाइन बिच्छ्याउने काम नभएको बताए । भल्व राख्नका लागि अपूरा संरचना निर्माण गरिएको उनले उल्लेख गरे। आयोजना निर्माण भएपछि खेतमा सिँचाइ गर्न पाइन्छ भनेर खुसी भएका थियौँ, उनले भने, आयोजनाका संरचना बनाउन जग्गा निःशुल्क दियौँ तर पानी खेतमा कहिल्यै पुगेन, अरूको पम्पसेटबाट ३ हजार खर्च गरेर गहुँबालीमा सिँचाइ गर्नु परेको छ ।

आयोजना निर्माणस्थल सुरक्षित गर्न भरपर्दो तटबन्धको काम नगरिँदा जग्गा कटान भइरहेको उनले बताए । आयोजना सञ्चालन नै नभएपछि चुनाराले आयोजनाको विद्युतीय मोटर लगायतका सामान जडान गरिएको घरभित्र पराल थन्क्याएका छन् । सिँचाइ उपआयोजना उपभोक्ता समितिका अध्यक्ष करन ऐरले उपभोक्ता समिति मार्फत मेसिन राख्ने घर निर्माण गर्ने जिम्मा दिए अनुसार निर्माण गरिएको बताए ।

अन्य संरचना निर्माण तत्कालीन जिल्ला प्राविधिक कार्यालयले ठेक्का प्रक्रिया मार्फत गरेको हो, उनले भने, ठेक्का सम्पन्न भएको पनि जानकारी नै पाएनौँ, निर्माण व्यवसायीले उक्त कार्यालयबाट कहिले पूरै भुक्तानी लिए त्यो पनि जानकारी पाएनौँ । तत्कालीन जिल्ला विकास समिति अन्तर्गत रहेको जिल्ला प्राविधिक कार्यालय अन्यत्र गाभिएपछि सिँचाइ आयोजनाको काम कुन निकायले गर्ने भन्ने अन्यौलता भएको उनको भनाइ छ ।

पाइपलाइन बिच्छ्याउने काममा ढिलो भयो,उपभोक्ता समितिका सचिव तेज बहादुर सुनारले भने, खोलामा पानी तान्न निर्माण व्यवसायीले बनाएको संरचना भन्दा तल खोलाको सतह गएपछि पानी किसानको खेत सम्म पुग्न सकेन । मूल सडकमा पाइप बिच्छ्याउने र जोड्ने कामसमेत पूरा हुन नसकेको उनको भनाइ छ । आयोजनाको वेबसाइटमा राखिएको निर्माण कार्यको आर्थिक प्रगति १२७ दशमलव ८४ र भौतिक प्रगति सय प्रतिशत देखाइएको छ ।

दुई सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजना निर्माण थालिएको थियो । आयोजना अन्तर्गत पाँच केभिएको ट्रान्सफर्मर राख्ने कार्य, विद्युतको थ्रिफेस लाइन राख्ने, विद्युतीय मोटर जडानको कार्यसँगै यन्त्र राख्ने घर निर्माण गरिएको छ । उपभोक्ता समितिका पदाधिकारीका अनुसार ठेक्का प्रक्रिया मार्फत झन्डै एक हजार पाँच सय मिटर क्षेत्रमा पाइपलाइन बिच्छ्याउने काम पनि गरिएको छ । स्थानीय उपभोक्ताले आयोजना सञ्चालनमा ल्याउनका लागि नगरपालिकालाई अनुरोध गरेका छन् । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...