कञ्चनपुरको कृष्णपुर नगरपालिकाले गर्याे पत्रकार सम्मेलन (प्रेस विज्ञप्ती सहित)

अत्तरिया-कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कर्मचारी छनौट व्ययभार लगायत कुराको जानकारी गराउनको लागि पत्रकार सम्मेलनको आयोजना गरिएको छ । नगरपालिका कार्यालयले प्रेस विज्ञप्ती समेत प्राकशन गरेर स्वास्थ्य सेवा अन्तर्गत वडा नं. २ स्थित गडबिजुला आधारभूत स्वास्थ्य सेवामा, वडा नंं.४ महारानगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा र वडा नं. ७ कलुवापुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पारामेडिक १ जना पनि कर्माचारी न भउका कारण निकट भबिष्यमै बिरामी जाँच सेवा अवरुद्ध हुने निश्चित भएको कुरा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु हुँदै नगर प्रवत्ता मोहन बस्नेतले हाम्रो कार्यपालिका सदस्य मार्फत केही कुरा सामाजिक संजालमा आएकाले र कार्यपालिका बैठक बस्दा हामी दुई प्रकारको कार्यपालिका बैठक बस्छौ उनले भने । ‘त्यो कार्यपालिका बस्दा खेरी पनि सामाजिक संजालमा आएका कुराहरुमा उहाँहरुले नै ज्यादा जस्तो व्रेफिङ गर्नुहुन्छ । मेयर सापसँग उहाँहरु नै सबै किसिमको कामहरु गर्नुहुन्छ । कार्यपालिकाका उहाँहरुकै ज्यादा जस्तो प्रस्तावहरु सुनिइ रहेको हुन्छ ।’ अहिले सामाजिक संजालमा उहाँहरुको विभिन्न कुराहरु आउँदा पत्रकार सम्मेलन गर्नु परेको कुरा बताए ।

Video Link :

https://www.facebook.com/100088206639998/videos/1119994442325796

कृष्णपुर नगरपालिकामा स्वास्थ्य कर्मचारीको विज्ञापन सम्वन्धी पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु हुँदै जनस्वास्थ्य निरिक्षक शाखा प्रमुख (अधिकृत छैठौं) रतन सिंह बिष्टले स्वास्थ्य सम्वन्धी बिज्ञापन गरेका छौं । आर्थिक बर्ष ०७६/७७ को नेपाल सरकारको सशर्त कार्यक्रम अन्तर्गत नै नेपाल सरकारले प्रत्येक स्थानिय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गर्ने गरी । प्रत्येक वडामा एउटा आधारभूत स्वास्थ्य सेवा हुनुपर्छ । त्यसको लागि कर्मचारी एउटा नर्सीङ कर्मचारी एउटा पारामिडिस नर्सीङ कर्मचारीले सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा,आमा सुरक्षा सम्वन्धी काम गर्ने कुरा बताए ।

Video Link : 

Bhancha ghar0

कृष्णपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष टेक पाण्डेयले कृष्णपुर नगरपालिकामा स्वास्थ्य सम्वन्धी हेल्ट असिष्टेन्सको दरबन्दीका सम्वन्धमा सामाजिक संजाल मार्पmत केही गुनासोहरु आएकाले त्यसलाई प्रष्ट पार्नु पर्छ भन्ने हाम्रो र नगरपालिकाको दायित्व हुने भएको कुरा आइसकेको बताउँदै उनले प्राविधिक सभ ओभरसियरका सवाल लगायत गडविजुला इकोपार्क सवालमा पनि केही कुराहरु सामाजिक संजाल मार्पmत र केही मिडिया मार्फत आएका कारणले तिनलाई प्रष्ट पार्नका निम्ती पत्रकार सम्मेलनको आयोजना गरेको वडाध्यक्ष पाण्डेयले बताए ।

प्राविधिक सवालमा कृष्णपुर नगरपालिकाको आन्तरीक आयस्रोत एकदमै कम भएको बताउँदै उनले आन्तरीक आयस्रोतमा एउटा मछली खोलामात्र भएको र केही आन्तरिक आम्दानी राजश्व मार्फत उठ्ने गरेको बताए ।

उनले कृष्णपुरको जम्मा आम्दानी ५ करोड मात्र हुने भएकोले यहाँको बिकास गर्नका निम्ती हाम्रो जति आम्दानी छ । त्यही अनुसार खर्चलाई पनि कटौती गर्नुपर्छ भन्ने हाम्रो कृष्णपुर नगरपालिकाको मूल ध्यय रहेको कुरा बताए । त्यसैले कृष्णपुर नगरपालिकाले सकेसम्म खर्च कटौती गर्नका निम्ती कुन कुन सवालमा जान सकिन्छ भनेर काम गर्न खोजेको कुरा बताए ।

Video Link : 

https://www.facebook.com/100088206639998/videos/7000206846766568

प्रेस विज्ञप्ती

Loading...