राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन र एमाले भिड्दै 

अत्तरिया– सुदूरपश्चिमसहित देशभरी आज बिहिबार राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सचिवालयमा आज हुन लागेको मतदान केन्द्रको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

मतदानका लागि प्रदेश सभाको खुल्ला प्राङ्गणमा एक मतदान केन्द्र बनाइएको छ । एक मतदान केन्द्रमा दुई वटा मतदान स्थल रहेका छन । निर्वाचनमा ५२ प्रदेश सभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधीहरुले मतदान गर्ने निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए ।
प्रदेशमा आज विहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समयावधि तोकिएको छ । सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि हुन लागेको निर्वाचनमा प्रदेशमा छ जनाको उम्मेदवारी रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा पाँच दलको गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने छ । पाँच दलको गठबन्धनबाट सत्ता गठबन्धन दलतर्फ नेपाली काँग्रेसका उम्मेद्वार बलदेव बोहरा र नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराए ।

कञ्चनपुरका पूर्व जिल्ला सभापति बोहराले अन्यमा र अल्पसङ्ख्यक÷अपाङ्गमा कैलाली जिल्ला सभापति भट्टले मनोनयन दर्ता गराएका छन् । महिलातर्फमा नेकपा माओवादीकी चन्दले यसअघि उम्मेदवारी दर्ता गराएकी थिईन ।

नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपाङ्गता÷अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशी उम्मेद्वार दिएका छन ।

Bhancha ghar0

स्थानीय तहको निर्वाचन हुँदा प्रदेशमा अंकगणितका हिसाबमा गठबन्धन दल बलियो रहेको छ । स्थानीय तहका एक मतदाताको मतभार १८ छ । यस्तै प्रदेशसभाका एक मतदाताको मतभार ४८ कायम गरिएको छ । गठबन्धनसँग रहेको मत कुल मतको उच्च बहुमत छ । त्यसैले गठबन्धनका उम्मेदवारहरुले जित्ने निश्चितप्रायः छ ।

कसको कति मतभार ?
अहिलेसम्म मतभारको आधारमा कांग्रेस सबैभन्दा बलियो अवस्थामा देखिएको छ त्यसपछि एमाले, माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी रहेका छन् । यहाँ राप्रपाको भन्दा स्वतन्त्र जितेकाहरूको मतभार बढी रहेको छ ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ जना प्रदेशसभा सदस्य रहेका छन् । बझाङको प्रदेशसभा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि अहिले कांग्रेसका १८ जना, नेकपा एमालेका ११ जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना, नेकपा एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य छन् । राप्रपा र स्वतन्त्रका १÷१ जना छन् ।

स्थानीय तहमा पनि सबैभन्दा बढी कांग्रेसका जनप्रतिनिधि निर्वाचित छन् । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये प्रमुख वा अध्यक्षमा ४० जनाले जितेका छन् भने उपप्रमुख वा उपाध्यक्षमा ४८ जनाले जितेका छन् । कांग्रेसको एक्लै स्थानीय तहको मतभार १ हजार ६६ हुन्छ भने प्रदेश सभाको मतभार ९५४ हुन्छ । यसरी सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको लागि कांग्रेस एक्लैको मतभार २ हजार ५८८ रहेको छ ।

एमालेले स्थानीय तहमा २४ प्रमुख र २६ उपप्रमुख जितेको छ । एमालेले स्थानीय तहको मतभार ९५० र प्रदेश सभाको मतभार ५८३ रहेको छ । यसरी सुदूरपश्चिममा एमालेको कुल मतभार १ हजार ५ सय ३३ रहेको छ ।

माओवादीले स्थानीय तहमा १४ प्रमुख र ११ उपप्रमुख जितेको छ । माओवादीको स्थानीय तह र प्रदेशसभाको कुल मतभार १ हजार ५ रहेको छ । नागरिक उन्मुक्तिले स्थानीय तहमा ४ प्रमुख र ३ उपप्रमुख जितेको छ । यो पार्टीको प्रदेश र स्थानीय तहको मतभार ५०४ रहेको छ । नेकपा एकीकृत समाजवादीले स्थानीय तहमा २ प्रमुख र ३ उपप्रमुख जितेको छ । यो पार्टीको दुवै मतभार ३०७ रहेको ।

२ पालिकामा स्वतन्त्र लडेको उम्मेदवारले प्रमुख जितेका छन् भने प्रदेश सभामा पनि एक जनाले स्वतन्त्र जितेका छन् । उनीहरूको मतभार ९१ छ । यहाँ राप्रपाका एक जना प्रदेश सभा सदस्य छन् । जसको मतभार ५३ मात्रै छ ।

Loading...