धनगढीमा पाँच तलाबाट हाम फालेका एक व्यवसायीको मृत्यु

धनगढी- कैलालीको मा एक व्यवसायीले आफ्नै घरको छतबाट हाम फालेका छन् । धनगढी उपमहानगरपालीका ४ बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन् ।

घटना आज (बुधवार) विहान करिब ११ः२० बजेको हो । घरायसी विवादका कारण घरको छतबाट हाम फालेर गम्भीर अवस्थामा रहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ । छोराहरु बिच अंश बण्डाको बिषय बिच बिवाद भएर घरको ५ तलाबाट हाम फालेको बताइएको छ ।

घटना लगत्तै बेहोस अवस्थामा रहेका अग्रवाललाई उपचारका लागी नवजीवन अस्पताल पुयाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । अग्रवालको टाउकोको बायाँ पट्टीको भाग फुटेको पाइएको छ । अग्रवालको शव पोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पताल लगिएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए ।

Loading...