अछाममा भालुको आक्रमणबाट २ महिला घाइते

Bhancha ghar0

अछाम- अछाममा भालुको आक्रमणबाट २ महिला घाइते भएका छन् । घाइते हुनेमा रामारोशन गाउँपालिका वडा नम्बर-५ का २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेका छन् ।

खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष केशर बहादुर शाहले जानकारी दिए । उनीहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको उनले बताए ।

Loading...