Satyawati
Division ban Pahalmanpur

कैलालीमा करेन्ट लाग्दा एकको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कैलाली- कैलालीको घोडाघोडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका-१० स्थित तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धन बहादुर शाहको बुधवार मृत्यु भएको हो ।

Malpot office dadeldhura

करेन्ट लागेर गम्भिर घाईते भएका शाहको उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको हो । साथै करेन्ट लागेर एक जना घाईते भएका छन् । घाइते हुनेमा मोहन्याल गाउँपालिका-३ की ३६ वर्षीया दुर्गा खत्री रहेकी छिन् ।

खत्रीलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको कारण भने अहिले सम्म खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...