चुरे गाउँपालिकाले एचआईभि संक्रमितलाई गर्यो भत्ता वितरण

अत्तरिया- कैलालीको चुरे गाउँपालिकाले एचआईभि संक्रमितहरुलाई भत्ता वितरण गरेको छ । पालिकाले १७ जना एचआईभि संक्रमितहरुलाई ६ महिना बराबरको भत्ता वितरण गरेको हो ।

Dadeldhura hospital

चालु आर्थिक वर्षको कार्यक्रम अनुसार मासिक १ हजारका दरले १७ जना एचआईभि संक्रमितहरुलाई ६ महिनाको एकमुष्ट रकम बैंक मार्फत वितरण गरेको चुरे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र बिष्टले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

उनले पालिकामा रहेका २७ जना एचआईभि संक्रमितहरुका लागि बजेट विनियोजन गरिएपनि बाँकीले भने बैंक खाता नखोलेको र सम्पर्कमा नआएकाले दिन बाँकी रहेको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको पुष मसान्त सम्मको हुन आउने प्रतिव्यक्ति ६ हजार बराबरको रकम पालिकाले एचआईभि संक्रमितको खातामा पठाईसकेको छ । चालु आर्थिक वर्षको वाँकि ६ महिनाको रकम भने असार मसान्तमा भुक्तानी हुने बिष्टको भनाई छ ।

Loading...