नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनगढीको सरस्वती माविलाई

Bhancha ghar0

धनगढी- धनगढी उपमहानगरपालिका स्तरीय १४औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय मनेहराले हात पारेको छ । प्रतियोगितामा १२ स्वणर्सहित १२ रजत र ८ कास्य गरी ५७ पदक जितेर सरस्वती माविले उपाधि हात पारेको हो । प्रतियोगितामा त्रिनगर माध्यमि विद्यालय दोस्रो र एक्सिस विद्याश्रम हसनपुर तेस्रो स्थान हासिल गरेका छन् । त्रिनगरले ८ स्वणर्, ५ रजत र ८ कास्य गरी २१ पदक जितेको छ। एक्सिस विद्याश्रमले ८ स्वणर्, २ रजत ३ कास्य गरी १३ पदक जितेर तेस्रो स्थान हासिल गरेको हो ।

धनगढी उपमहानगरपालिकाका उप-प्रमुख कन्दकला कुमारी रानाको अध्यक्षतामा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समापन कार्यक्रम गरिएको छ । समापन कार्यक्रममा बोल्दै उप-प्रमुख रानाले विद्यालय स्तरबाटै हुने प्रतियोगिताले खेल क्षेत्रमा महत्त्वपूणर् भूमिका खेल्ने बताईन । उनले खेलकुदको विकासका लागि उपमहानगरपालिकाले महत्वपूणर् भूमिका खेलेको बताईन । नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २५ सामुदायिक र १२ संस्थागत गरी ३७ विद्यालयको सहभागिता रहेको थियो ।

Loading...