



कैलाली- कैलालीको घोडाघोडीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका-२ साडेपानी स्थित पूर्वपश्चिम राजमार्गमा सुपप्र ०१००९ प.४६१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सोमवार साँझ दुर्घटना भएको हो ।


दुर्घटनामा मोटरसाईकल पछाडी सवार बर्दगोरीया गाउँपालिका-५ का २१ वर्षीय कालु बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका उनको घोडाघोडी अस्पताल सुख्डमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप बिकको सोही अस्पतालमा उपचार भई रहेको छ ।





