बेदकोट नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि बैजनाथ मावि जडेपानीले हात पार्‍यो

कञ्चनपुर- बेदकोट नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि बैजनाथ माध्यमिक विद्यालय जडेपानीले हात पारेको छ।
प्रतियोगितामा ३१ स्वणर् सहित १६ रजत र १० कास्य गरी ५७ पदक जितेर बैजनाथ माविले उपाधी हात पारेको हो ।

प्रतियोगितमा भुवनेश्वरी माध्यमि विद्यालय सिसैया दोस्रो र उदयदेब माध्यमिक विद्यालय सुन्दरपुर तेस्रो स्थान हासिल गरेका छन् । भुवनेश्वरीले ६ स्वणर्, ४ रजत र ८ कास्य गरी १८ पदक जितेको छ । उदयदेबले ६ स्वणर्, २ रजत ६ कास्य जितेर तेस्रो स्थान हासिल गरेको हो ।

प्रतियोगितामा रतन मावि चथरी १७, सिद्धनाथ मावि बगुनले १५ पदक जितेका छन् । त्यसमा चथरीको रतन मावि र सिद्धनाथले समान २/२ स्वणर् जितेका छन् । यसैगरी ३ पदक जितेको क्याम्पेन इन्टरनेशन एकेडेमीले २ स्वणर् जितेको छ ।

Bhancha ghar0

प्रतियोगितामा बाल जागृति इङ्गलिश बोर्डिङ्ग स्कुल सुडा, घटाल मािव सुडा, ज्ञान वाटिका इङ्गलिश बोर्डिङ्ग स्कुल, बैजनाथ मावि गैलनदी र शारदा मावि दैजीले एक/एक स्वणर् जितेका छन् । प्रतियोगितामा सहभागी १९ विद्यालयमध्ये ८ विद्यालय स्वणर् पदक जित्न सकेनन् ।

सिद्धनाथ मावि मुसेपानी र शिशु विद्या मन्दिर पदक विहिन हुन पुगेका छन् । तीन दिनसम्म चलेको प्रतियोगितामा ५४ स्वणर्, ६१ रजत र ५८ कास्य गरी १ सय ६३ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

बेदकोट नगरपालिका २ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयमा भएको हो । बैजनाथ माविले सबैभन्दा बढी पदक जितेर नगर स्तरीय उपाधि हात पारेको छ ।

सुदूरपश्चिम प्रदेश प्रमुख देबराज जोशीले शुक्रबार प्रतियोगिता उद्घाटन गरेका थिए । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश सभा सांसद माननीय बिक्रम सिह धामीको प्रमुख आतिथिमा रनिङ शिल्ड प्रतियोगिताको समापन गरिएको छ ।

त्यस्तै विशिष्ट अतिथि जिल्ला समुन्वय समितीका प्रमुख, अतिथी वडा अध्यक्ष, वडा सदस्य, बिद्यालयका प्रधानाध्यापकहरु, बि.बि.स अध्यक्ष, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवाला ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Loading...