धनगढीबाट बालकसहितकी महिलाको उद्धार

Bhancha ghar0

धनगढी- कैलालीको धनगढीबाट बालक सहितकी महिलाको उद्धार गरिएको छ । धनगढी उपमहानगर वडा नम्बर ५ बाट उनको उद्धार गरिएको हो।

धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले शनिवार राति उनको उद्धार गरेको छ । नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार उनको परिचय खुलेको छैन । ३५ वर्षीया महिलाको मानसिक अवस्था ठिक नरहेको भन्दै स्थानीयले नगर प्रहरीलाई खबर गरेका थिए । उनको उद्धार गरेर दृष्टि फाउन्डेनको जिम्मा लगाइएको छ ।

Loading...