स्प्रुज कप फूटबल प्रतियोगिताको बिजेता अत्तरियाको विजयनगर टिम

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नं. १ अत्तरिया संगम वाटर इन्डष्ट्रिज स्प्रुज कप फूटबल प्रतियोगिताको विजेता विजयनगर टीम भएको छ । शनिबार भएको फाइनल खेल अत्तरियाको विजनगर टिम र आयोजक सृजनशिल युवा क्लवको टीम बीच भएको थियो ।

माघ २ गते देखि सुरु भएको अत्तरियाको सृजनशिल युवा क्लवको खेल मैदानमा ‘अण्डर नाईन्टिन’ स्प्रुज कप फुटबल प्रतियोगिताको फाइनल खेलमा विजयनगर टीमले आयोजक सृजनशिल टीमलाई ३-० गोलले विजेता भएको हो ।

Navadurga sun
Godawari sandesh

मंगलबार अर्थात माघ २ गते देखि शुरु भएको प्रतियोगिताको शनिबार गोदावरी नगरपालिका नगर प्रवक्ता एवम् वडा नं १ का वडाध्यक्ष गोपालदत्त भट्टले समापन गरे । प्रमुख अतिथि वडा अध्यक्ष गोपालदत्त भट्टले खेल राष्ट्रकै पहिचान भएको हुँदा क्लबको उक्त कदम सहनीय भएको बताए । उनले सामाजिक कार्यहरूमा निरन्तरता दिँदै आइरहेको सृजनशिल युवा क्लवलाई नगरपालिका तथा वडाको साथै आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।

Dadeldhura hospital

खेल प्रतियोगिता भरी सर्वाधिक गोल हानेर सृजनशिल युवा क्लव टिमका खेलाडी याफाश ताम्राकार उत्कृष्ट स्कोरर भएका थिए । यस्तै उत्कृष्ट गोल कीपरमा विजयनगर टीम खेलाडी ओम विक रहेको र उत्कृस्ट खेलाडीमा विजयनगर टीमकै खेलाडी पारस आउजी रहेका थिए भने उत्कृष्ट डिफेन्डरमा सृजनशिल क्लवका खेलाडी हिक्मत महरा रहेका थिए । राइजिङ खेलाडी सृजनशिलका खेलाडि दिवश भट्ट रहेका थिए ।

‘स्वास्थ लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ खेलको प्रायोजक अत्तरियाको धनगढी रोड स्थित संगम वाटर इन्डष्ट्रिज स्प्रुज रहेसंगै खेल प्रतियोगिताको आयोजना सृजनशिल युवा क्लवले गरेको थियो । फुटबल प्रतियोगिताको आयोजक सृजनशील युवा क्लव वि.सं. २०५४ सालमा स्थापित भई यस क्षेत्रकै सबै भन्दा पुरानो रहेको र विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको छ । क्लवले सामाजिक रुपमा सक्रिय भएर विभिन्न कार्यक्रम साथै स्थानीयहरुलाई उत्प्रेरित गर्नका लागि यस्ता मैत्रीपूणर् खेलहरूको आयोजना गर्दै आइरहेको जनाएको छ ।

खेल प्रतियोगितामा आयोजक टिम सहित १६ वटा टिमको सहभागिता भएको साथै प्रतियोगिता १९ वर्ष ननाघेका खेलाडीहरुको सहभागीत रहेको थियो । विशेष गरी विभिन्न क्लबका सदस्यहरुसँग भेटघाट, मैत्रीपुणर् हुन गएको अण्डर १९ प्रतियोगितामा प्रवेश शुल्क १ हजार मात्र राखिएको साथै ऊत्कृष्ट खेलाडी, उत्कृष्ट गोल कीपर लगायत विभिन्न विधामा खेलाडीहरूलाई, प्रमाणपत्र, मेडल सहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगिता नकाउट प्रक्रियामा खेलाईएको थियो । प्रतियोगिताको समापन कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, अभिभावक, खेलाडी, व्यवसायी, खेलप्रेमी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Loading...