सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी असार मसान्तसम्म ८० पुरुषले भित्र्याए दोस्रो श्रीमती

धनगढी- सुदूरपश्चिममा ८० पुरुषले दोस्रो श्रीमती भित्र्याएको पाइएको छ । २०८० असार मसान्त सम्म घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पीडित प्रहरी हुँदै अदालतसम्म पुगेका छन् । घरकी श्रीमतीलाई बेवास्ता गर्दै दोस्रो विवाह गर्ने श्रीमान विरुद्ध पीडित महिला न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेका हुन् । घरमा श्रीमती हुँदाहुँदै अर्कीलाई भित्र्याएको भन्दै पीडित महिलाले कारबाहीको माग गर्दै प्रहरी र अदालतमा उजुरी दिएका छन् ।

सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी असार मसान्तसम्म ८० पुरुषले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरेको पाइएको छ । बहुविवाहका ८० उजुरी दर्ता भएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांकले देखाएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ को उपदफा (४) मा बहुविवाहसम्बन्धी कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

Malpot office dadeldhura

साथै सो अवधिसम्म एक हजार दुई सय ८ महिला घरेलु हिंसाको सिकार भएको समेत आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै जबरजस्ती करणी एक सय ८९ र जबरजस्ती करणी उद्योगमा ६४ उजुरी दर्ता भएको पाइएको छ । उल्लिखित तथ्याङ्कलाई हेर्दा अझै पनि महिला अधिकार पूणर्तः संरक्षण हुन नसकेको देखिएको छ ।

घरेलु हिंसा, जबरजस्ती करणी, बेचबिखन, बहुविवाह, छाउपडीप्रथा अहिले पनि विद्यमान छ । घरेलु हिंसामा व्यापक बढोत्तरी भइरहेको छ । समय र विकासक्रम सँगसँगै महिलामाथि हुने विभेद, हिंसाको प्रकार र रूप पनि फरक हुँदै गइरहेको छ । यौन दुव्र्यवहार, कुटपिटजस्ता घटनाहरूबाट महिलाहरू पीडित बन्न पुगेका छन् ।

संविधान, कानुन र योजनाहरू महिलामैत्री भए पनि कार्यान्वयन पक्ष प्रभावकारी हुन नसक्दा समस्या विद्यमान देखिएकाले कानुको प्रभावकारी कार्यान्वयन, अनुगमन र मूल्याङ्कन प्रणालीको विकास, जनचेतना, रोजगारी, शिक्षाजस्ता पक्षमा राज्य र सरोकारवालाहरू थप संवेदनशील भई अगाडि बढ्नु पर्ने देखिन्छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...