गोदावरी ७ मा रहेको दुर्गाभवानी मावीको ३१औं वार्षिक उत्सव सम्पन्न

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नं ७ मा रहेको दुर्गाभवानी माध्यमिक विद्यालय हरैया जमुनाभाडीको ३१ औं वार्षिक उत्सवको कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर बोगटीको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथिमा गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम समपन्न भएको हो ।

Navadurga sun

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रवक्ता तथा गोदावरी नगरपालिका वडा नं १ का अध्यक्ष गोपाल दत्त भट्ट, वडा नं ७ र ८ का अध्यक्ष, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले यस क्षेत्रमा रहेका सम्पूर्ण विद्यालयमा शैक्षिक गुणस्तर विकासका लागि लागि परेको बताए। सामुदायिक विद्यालयको समस्या पहिचान गरी समाधानको लागि पहल गर्ने उनले बताए । थोरै बजेटमा पालिका भित्र रहेका अनेकन समस्यालाई समाधान गर्नु पर्ने नगरपालिकाको रहेको उनले बताए ।

शिक्षक धन बहादुर खड्काको शुभकामना मन्तव्य संगै सुरु भएको कार्यक्रको सञ्चालन शिक्षक भुपेन्द्र बहादुर चन्दले गरेका थिए । विद्यालयमा २५१ छात्र र २९० छात्रा गरी र ५४१ विद्यार्थी अधययनरत छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...