कैलालीमा वन मन्त्रालयका सचिव सवार गाडीमा तोडफोड

अत्तरिया- सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवको गाडीमा तोडफोड भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवार सुपप्र ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधबार तोडफोड भएको हो ।

Malpot office dadeldhura

कैलालीको धनगढी उपमहानगरपालिका-१९ बसन्ताको वनबाट अवलोकन गरी फर्किने क्रममा गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । तोडफोडबाट गाडीको सिसामा क्षति भएको प्रहरीले बताएको छ ।

तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए । नियन्त्रणमा लिएका पाँचै जनाले आफू संलग्न नरहेको बयान दिइरहेको प्रहरी कार्यालय कैलाली स्रोतले जनाएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...