कैलाली मालपोतमा धनगढी उपमहानगरद्वारा १० लाखको सोलार जडान

धनगढी- धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालय धनगढीमा सोलार पावर जडान गरेको छ । विद्युत गएको समयमा मालपोतको सेवा अवरुद्ध हुने भएकाले उपमहानगरपालिकाले सोलार पावर जडान गरेर सहयोग गरेको हो ।

भूमि सुधार तथा मालपोत कार्यालय धनगढीमा उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दगोरीया गाउँपालिका र भजनी नगरपालिकाका जनताले सेवा लिने गर्दछन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

विद्युत सेवा अवरुद्ध भयो भन्ने मालपोत कार्यालयको सेवा ठप्प रहने अवस्थाको अन्त्य गर्न उपमहानगरपालिकाले सोलार पावर जडान गरेको नगर प्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ ।

धनगढी र अन्य स्थानीयतहबाट आएका सेवाग्राहीले एउटै कामका लागि ३/४ दिन सम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न सोलार पावर जडान गरिएको हो । सोलार पावर जडान भए सँगै बत्ती नभएको अवस्थामा पनि सेवाग्राहीको काम सुचारु हुनेछ ।

धनगढी उपमहानगरपालिकाले ९ लाख ९८ हजारको लागतमा सोलार पावर जडान गरेको जनाएको छ । नेपाल उर्जा विकास कम्पनी प्रालि, काठमाडौंले भूमिसुधार तथा मालपोत कार्यालयमा सोलार ईन्भटर पावर व्याकपको जडान कार्य गरेको हो ।

बिहिवार एक समारोह आयोजना गरेर प्राध्यापक डाक्टर हेमराज पन्तले उक्त सोलार पावर उद्घाटन गरेका हुन् । मालपोत कार्यालयले सोलार पावर जडान भए पश्चात बत्ती गएको अवस्थामा पनि सेवाग्राहीको काम गर्न सहज हुने जनाएको छ ।

Loading...