कञ्चनपुरका चार वटा पालिकाहरूले दिए विद्यालयमा बिदा

Bhancha ghar0

कञ्चनपुर- चिसो बढेसँगै कञ्चनपुरका ४ वटा पालिकाहरूले विद्यालयमा बिदा दिएका छन् । कञ्चनपुरका कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन विद्यालयमा बिदा दिने निणर्य गरेका हुन् ।
मौसममा सुधार नभई चिसो बढ्दै गएको कारणले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुँदा शुक्रवार सम्म पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप बिदा गर्न निर्देशन गरिएको छ ।
अधिकांश सामुदायिक विद्यालयहरूमा एक हप्ता देखि जाडो बिदा दिइएको थियो । संस्थागत विद्यालयहरू सञ्चालनमा रहे पनि जाडोकै कारण पठनपाठन प्रभावित भएको देखिन्छ ।

Loading...