धनगढी- प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका नयाँ प्रहरी नायव महानिरीक्षक (डीआइजी) रविन्द्र केसीले सुदूरपश्चिमको सुरक्षा व्यवस्था बारे जानकारी लिएका छन् ।
मंगलबार प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमल बहादुर शाह र प्रमुख सचिव हरी प्रसाद लम्सालसंग भेट गरि सुदूरपश्चिमको शान्ति सुरक्षा लगायतका विषयमा छलफल गरेको हुन ।
छलफलमा सुदूरपश्चिममा प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पीडितमैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, आर्थिक अनुशासन, शुसासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा संक्षिप्त समिक्षा भएको छ ।
डीआइजी केसीले आइतबार पदभार सम्हालेका थिए । सुदूरपश्चिमका यस अगाडिका डीआइजी भरत बहादुर बोहराको सरुवा भएपछि यहाँ केसी आएका हुन् ।