शुक्लाफाँटा नगरपालिकाले मनायो माघी मिलन कार्यक्रम

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा माघी मिलन कार्यक्रम मनाइएको छ । मंगलबार वडा नम्बर ३ र १० मा सांस्कृतिक कार्यक्रम सहित माघी मिलन कार्यक्रम मनाइएको हो । बडघर भल्मन्सा समाज वडा समितिको आयोजना एवं ३ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालन भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य गिता चौधरीले कला, संस्कृतिको पुस्तान्तरण गर्न जरुरी रहेको बताएकी छन् ।

परम्परा देखी चल्दै आएका हाम्रा कला, संस्कृतिहरुको जगेर्ना गर्दै नयाँ पुस्तामा पुस्तान्तरण गर्नु पर्ने बताउँदै उनले भनिन्, “हामीले आफ्नो कला, संस्कृति, भेषभुषाको जगेर्ना गर्दै पुस्तान्तरण समेत गर्न जरुरी छ ।” उनले आगामी वर्ष देखी माघ २ गते प्रदेश सरकारले विदा दिने गरी आफु लागि पर्ने समेत बताइन् । जनताले दिएको जिम्मेवारी आफुले इमान्दारीताका साथ निर्वाह गर्ने उनले बताइन् ।

सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले कुनै पनि समुदायले आफ्नो कला, संस्कृतिको संरक्षण गर्दै अघि बढ्नु पर्ने बताए । कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख द्रोपति रानाले कला, संस्कृतिको संरक्षण गर्न सोही समुदाय अग्रसर भएमा मात्रै टिकाउ र प्रभावकारी हुने बताइन् ।

वडा नम्बर ११ का वडाध्यक्ष शेर बहादुर साउँदले थारु समुदायको भाषा समेटेर पाठ्यपुस्तक निर्माणका लागि आफुले सक्दो पहल गर्ने बताए । वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरीले थारु लगायत अन्य कुनै पनि समुदायको कला, संस्कृतिको जगेर्नाका लागि वडा कार्यालय सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरुमा समेत सहयोग गर्ने बताए ।

Malpot office dadeldhura

बडरघर भल्मन्सा समाजका सदस्य राम प्रसाद डगौराले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन आशिष चौधरीले गरेका थिए । कार्यक्रममा गहनु चौधरी डगौराको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद चौधरी रहेकी थिइन् ।

विशष्टि अतिथि पूर्व मन्त्री लाल बहादुर खड्का रहेका थिए । कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष बोधुराम डगौरा, ११ नम्बर वडाका वडाध्यक्ष शेर बहादुर साउँद, विभिन्न पार्टीका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी वडा नम्बर १० टोटीमा बडघर भल्मन्सा समितिको आयोजनामा गरिएको माघी मिलन कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी (पन्त), विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख जोशीले आगामी दिनहरुमा यस्ता किसिमका कार्यक्रम एउटै ठाउँमा गरिनुपर्ने र नगरपालिकाले आवश्यक सहयोग गर्ने बताइन् । वडा नम्बर १० का वडाध्यक्ष लाल बहादुर ऐरले उनले वडा कार्यालयले थारु समुदायको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा सहयोग गर्ने बताए ।

बडघर भल्मन्सा समितिको अध्यक्ष नैना डगौराको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन कलावती चौधरीले गरेकी थिइन् । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष दान सिंह ऐर, वडा सदस्य भूमा चन्द लगायतको उपस्थिती रहेको थियो ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...