अमरगढी नगरपालिका विरुद्ध अख्तियारमा उजुरी

डडेलधुरा– डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका विरुद्ध अख्तियारमा उजुरी बढेका छन् । चालु आर्थिक वर्षमा मात्रै यस नगरपालिकाबाट सञ्चालित योजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरमा ३० वटा उजुरी परेका छन् ।

अख्तियारमा उजुरी बढ्दै जाँदा कर्मचारीको मनोबल घट्दै जाने अवस्था आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले बताए । उनले यो प्रवृत्ति ठिक नभएको गुनासो गरे । चालु आवका तीन महिना अख्तियारमा परेका उजुरीका कागजात मिलानमै बित्यो, उनले भने, “अमरगढीका अधिकांश योजना विरुद्ध अख्तियारमा उजुरी परेका छन् । उजुरीको छानबिन गर्न अख्तियारले ताकिता गरिरहन्छ । काम गर्ने वातावरण नै बन्दैन ।

Navadurga sun

अख्तियारलाई कागजात मिलाउनमै समय जान्छ ।” कसविरुद्ध कति उजुरी परे भन्नेबारे ठ्याक्कै भन्न सकिने अवस्था नरहेको अख्तियार कञ्चनपुर कार्यालय प्रमुख रमेश केसीले बताए । महालेखाले गरेको लेखापरीक्षणमा समेत बेरुजु देखाउने गरेको अमरगढीका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए । उनले भने, “अस्थायी, करारमा नियुक्त गरिएका कर्मचारीको तलब, अनुगमन भत्ता, खरिद गरेका सामग्रीमा समेत आन्तरिक लेखापरीक्षकको टोलीले बेरुजु देखाएपछि सम्झाउन बुझाउन निकै मुस्किल भयो ।”

ADD Khali jpg
ADD Khali jpg
Loading...