धनगढीमा पानीको बहाब रोक्नेगरी तटबन्ध निर्माण हुँदै

धनगढी- धनगढी उपमहानगरपालिकाले खोलाको बहाब रोक्नेगरी तटबन्ध निर्माण गर्न थालेको आरोप स्थानियले लगाउन थालेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १ र ८ को बिचमा पर्ने खोलामा तटबन्ध गर्दा पानीको बहाव रोकिने भन्दै स्थानीयले विरोध गरेका हुन् ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, धनगढीले ९० लाखको लागतमा धनगढीका तीन ठाउँमा तटबन्ध गर्दैछ । धनगढीको सेतोपुल क्षेत्रमा गर्न लागिएको १ सय ८६ मिटरको तटबन्ध निर्माणमा विवाद देखिएको छ । टोल विकास समितिका अध्यक्षसमेत रहेका सुरेन्द्र बोहराले वडा नम्बर ८ को कार्यालय रहेको क्षेत्रमा पुरानो तटबन्ध र नयाँ प्रदेश सरकारले गर्न लागेको तटबन्धका कारण पानीको बहाब रोकिने बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

उनले बर्खाको समयमा यो क्षेत्र समुन्द्र जस्तो हुने गरेको र खुटियादेखि पानी आउने गरेको बताए । तर दुबैतिरबाट खोला पुरिएको उनले बताए । पारितिर पहिला तटबन्ध गरिएको र यो वर्ष फेरि यताबाट तटबन्ध गर्न थालिएको उनले बताए । जसकारण खोलाको पानी कता बग्ने हो? नदीको निकास किन नगरेका होलान ?’ कैलाली बहुमुखी क्याम्पस हुँदै बग्ने खोलाको सेतोपुल क्षेत्रमा दुबैतिरबाट अतिक्रमण गरिएको स्थानीयको गुनासो छ । सेतोपुलदेखि धनगढी माध्यमिक विद्यालय क्षेत्रको दुर्गा मन्दिरसम्म खोला दुबैतिरबाट अतिक्रमण गरेर संरचना निर्माण गरिएकाले बर्खाको समयमा समस्या हुने गरेको स्थानीय टंक जोशीले बताए ।

Dadeldhura hospital

उनले भने, ‘पारिबाट नदीमा नै तटबन्ध गरियो । वडा नम्बर ८ क्षेत्रमा पुरानो हो । यताबाट पनि तटबन्ध गरिदैछ । पुलको बिचमा नै जाली लाग्दैछ । पानीको निकास कता होरु खोलाको बिचमा जाली देखिदैछ ।’ धनगढीको वडा नम्बर १ र ८ को बिच भएर बग्ने नदी भूमाफियाहरूले अतिक्रमण गरेका कारण बसन्तटोल ढुबानमा पर्दै आएको स्थानीयको गुनासो छ । बसन्तटोलका स्थानीयले उपमहानगरपालिकासँग नदीको क्षेत्राधिकार खाली गराउन आग्रहसमेत गरेका छन् ।

पूर्व वडाध्यक्ष नारायण बरालको समयमा बिच नदीमा तटबन्ध गरिएको भन्दै उनीहरूले गुनासो गरेका छन् । स्थानीय कृष्णा विश्वकर्माले नदीको बहाब रोक्ने संरचना निर्माण गर्न नहुने उनले भनिन् । ‘खोलाको पानीमा तटबन्धको जग हालेपछि पानीको बग्ने बाटो कता होरु सडक मात्र चौडा बनाइएको छ। सडकको पानी पनि नालामा बगाउने होला । तर, नालाको चौडाइ खोइरु नालाको चौडाइ पनि बनाउनुपर्यो ।’ धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले स्थानीयको विरोधपछि तटबन्ध निर्माणको काम रोकेको छ ।

तर, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, धनगढीले दर्ता जग्गामा तटबन्ध निर्माण गर्नुपर्ने अवस्था रहेको बताएको छ । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, धनगढीले गत आर्थिक वर्षमा ९० लाखको लागतमा तीन ठाउँमा तटबन्ध निर्माणका लागि सम्झौता गरेको थियो । विशेश्वर निर्माण सेवा, धनगढीसँग १८६, ९० र १२० मिटर गरेर तीन ठाउँमा तटबन्ध निर्माणका लागि सम्झौता गरिएको जलस्रोत तथा सिँचाई डिभिजन, कार्यालय धनगढीे बताएको छ ।

तटबन्ध निर्माणको समय फागुनसम्म समय सिमा रहेको छ । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, धनगढीका प्राविधिक मोहन पन्तले उपमहानगरपालिकासँगको सहकार्यमा तटबन्ध निर्माणको काम सुरु गरेको बताए । उनले १८६ मिटर भएको बताए । खोलाको क्षेत्र छोडेर काम गर्ने भनेका थियौ। तर, दर्ता जग्गा रहेछ । जाली दर्ता जग्गामा हाल्ने भनेका थियौ । घरको नजिक आएकाले विरोध भएको छ । फाउण्डेशन गरेका छौ । नगरपालिकाका अमिन बोलाएर काम गरेको उनले बताए ।

Loading...