सुदूरपश्चिममा एकै दिन ५ जनामा कोरोना संक्रमण पुष्टि

Dadeldhura hospital

धनगढी- सुदुरपश्चिममा बुधवार एकैदिन पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर १ सय २० जना, बैतडीको झुलाघाट नाकाभएर ८, कैलालीको गौरीफन्टा नाकाभएर ३ सय ९९ र दार्चुलाको पुलघाट नाकाभएर ५ जना सुदुरपश्चिम भित्रिएका छन् ।

सुदूरपश्चिममा विभिन्न नाकाभएर बुधबार भित्रिएका कुल ५ सय ३२ जना मध्ये १ सय ८६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Loading...