राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गोदावरीमा पुस २७ गतेदेखि हुने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पुस २७ गते देखी हुने भएको छ ।
आयोजक गोदावरी नगरपालिकाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नगर स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बारे जानकारी गराएको हो ।

Dadeldhura hospital

प्रतियोगिता वडा नम्बर ५ स्थीत सरस्वती मा वि गेटामा हुने भएको छ । प्रतियोगितामा ४२ ओटा विद्यालय सहभागी हुने जनाईएको छ । प्रतियोगिताको उद्घाटन बिहान ८ बजे नगर प्रमुख विरेन्द्र भट्टले गर्ने भएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

उद्द्घाटन सत्रमा २०७९/०८० मा नगरका सामुदायिक तथा सँस्थापक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रालाई पुरस्कृत गरिने शिक्षा शाखाका प्राविधिक सहायक विष्णु अवस्थिले जानकारी दिए ।

त्यसैगरी उक्त शैक्षिक सत्रमा सेवा निबृत्त भएका शिक्षकहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए । १० लाख ९० हजार ८ सय रुपैयाँ अनुमानित बजेट रहेको संयोजक रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक शिवराज भट्टराईले जानकारी दिए । प्रतियोगिता पुस २९ गते सम्म चल्नेछ ।

Loading...