सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरु बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

Navadurga sun

बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।

भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता पनि आयोजना समेत गरेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...