बैतडीका गाउँमा छैनन् कोल घुमाउने युवा

बैतडी– गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युवा रोजगारीका लागि बिदेसिएपछि महिलाहरूले परम्परागत कोलमा उखु पेल्न गोरु लगाएर गुड बनाउने परम्परा धानेका छन् ।

Ganyapdhura gau

बैतडीमा पुस दोस्रो हप्तादेखि माघ, फागुन र चैतसम्म उखु पेल्ने चलन छ । परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा पाँच घण्टा आगोमा पकाएपछि गुड तयार हुन्छ । गुड पकाउने स्थानलाई यहाँ खुदेउडा भन्ने गरिन्छ । दिनभरि समूहिक रूपमा उखु पेलेर रातभरि गुड पकाउँदै खुदेउडामा रमाइलो गर्ने युवाको जमात अचेल मुस्किलले भेटिने गरेका छन् ।

Navadurga sun
Godawari sandesh

सिगास गाउँपालिका–१ का उखु किसान पार्वती भट्टले कोल पेल्ने युवा नभएकाले गोरु लगाएर दिउँसो एक ताउला उखुको रस निकालेर साँझ नपर्दै खुदेउडा बन्द हुने गरेको बताए । उनले युवा पलायन भएपछि गुड पकाउने परम्परा जोगाउन महिला किसानले घरायसी उपभोगका लागि मात्रै उखु लगाउन थालेको बताए ।

गुड पाक्ने खुदेउडामा अचेल पहिलेको जस्तो रमाइलो छैन । शिक्षक टङ्कप्रसाद भट्टले दिनभरि उखु पेलेर रातभरि खुदेउडामा गुड पकाउँदा देउडा, आइना बातै हालेर रमालो गर्ने परम्परा हराइसकेको बताए । गाउँमा रोजगारी छैन । उनले स्थानीय सरकारले गुड उत्पादनमा प्रोत्साहन नगर्दा बैतडीका ग्रामीण क्षेत्रमा उखु लगाउने चलनसमेत घट्न थालेको गुनासो गरे ।

विगतका वर्षमा ३० ताउला (गुड पकाउने तामाको भाँडो) मा उखु पेल्दै आउनुभएका बैतडी सिगास गाउँपालिका–१ का ७० वर्षीय लालमनी भट्टले यो वर्ष मुस्किलले पाँच ताउला गुड तयार भएको बताए । उनले गाउँमा उखु लगाउने र कोल पेल्ने युवा नभएपछि उखु उत्पादन घटेको बताए । गाउँमा महिला, केटाकेटी र ज्येष्ठ नागरिक मात्रै बाँकी रहेको उनले बताए ।

आयुर्वेदिक गुण

Dadeldhura hospital

बैतडीको गुड आयुर्वेदिक औषधीमा प्रयोग हुँदै आएको छ । सदरमुकामस्थित आयुर्वेदिक मेडिकलका सञ्चालक वैद्य भोजराज भट्टले बैतडीको स्थानीय गुड खोज्न मुस्किल हुन थालेको बताए । उनले तामाको भाँडामा पकाएको बैतडीको गुड शरीरका लागि अमृत समान भएको बताए । उहाँले गुड आशव आरिस्ट जस्ता आयुर्वेदिक झोल औषधीका रूपमा प्रयोग हुने बताए ।

उनले गुडमा क्याल्सियम, आइरन, पोटासियम, सोडियम, फस्फोरस र प्रोटिन जस्ता प्राकृतिक गुणकारी तìव पाइने भएकाले गुड शक्तिवर्धक, रक्त शुद्धता, बाथ रोग, दम रोग, अपच र महिनावारी अनियमिततामा लाभकारी हुने बताए ।

भेलीको प्रयोग बढ्यो

बैतडीको स्थानीय गुड प्रतिकिलो दुईदेखि तीन सय रुपियाँसम्म बिक्री हुने गरे पनि माग अनुसार स्थानीय गुड पाइँदैन । बैतडीमा स्थानीय गुड उत्पादन घटेपछि अहिले तराईका जिल्लामा उत्पादन हुने भेलीको गुडले बजार ओगटेको छ । व्यापारी शेरसिंह भण्डारीले स्थानीय गुड नपाएपछि बाहिरी जिल्ला र भारतीय बजारबाट आएको गुड र चिनी बिक्री गर्दै अइरहेको बताए ।

गुड पाइने घरमा अहिले चिनीको उपभोग बढ्दै गइरहेको छ । शिक्षक धनबहादुर ऐरीले गुडको चिया खाने चलन हराइसकेको बताए । उहाँले एक केजी गुडको मूल्य दुईदेखि तीन सय रुपियाँ पर्ने भएकाले एक सय रुपियाँ प्रतिकेजीमा पाइने चिनीको प्रयोग बढेको बताए । “गाउँमा युवा छैनन् । अधिकांश मानिस बसाइँ सरेर तराई झरिसके ।

पहाडको आधा जमिन बाँझो छ । यहाँ उखु कसले लगाउने ?” उनले भने, “बाध्यताले पहाडमा बसेका किसानलाई कहीँबाट पनि उखु खेतीमा प्रोत्साहन मिल्दैन । उखु पेल्ने कोल किन्न ३० हजार रुपियाँ पर्छ ।

समान्य किसानले उखु पेल्ने कोल किन्न सक्दैनन् । त्यसैले बेरोजगार युवा उखु खेतीभन्दा भारत जान तयार हुन्छन्,” उनले भने । (गोरखापत्र)

Couple
Loading...