कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फुटपाथ खाली गराउँदै

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फुटपाथ खाली गराउन सुरु गरेको छ । महेन्द्रनगर बजार क्षेत्रका केही व्यवसायीले फुटपाथ मिचेर सामान राख्ने देखि भौतिक संरचना निर्माण गर्ने सम्मका कार्य गरेपछि खाली गर्न सुरु गरिएको हो ।

Dadeldhura hospital

सोमबार देखि बजार क्षेत्रका फुटपाथमा राखिएका सामान पालिकाले नियन्त्रणमा लिएको छ । फुटपाथमा राखिएका साइनबोर्ड, टेबुल, भर्‍याङ सहितका सामान नगरपालिकाले हटाएको हो । बजार क्षेत्रमा व्यवसायीले पैदल यात्रुलाई समस्या हुने गरी फुटपाथ कब्जा गरेपछि नगरपालिका एक्सनमा उत्रिएको हो ।

Navadurga sun
Godawari sandesh

भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक (जोशी) ले व्यवसायीहरूले फुटपाथ कब्जा गरेको व्यापक जनगुनासो आएपछि पालिका एक्सनमा उत्रिएको बताइन् । ‘यात्रु हिँड्ने फुटपाथ पनि कब्जा गर्दा पैदल यात्रुलाई समस्या भयो,’ उपप्रमुख लेखकले भनिन्, ‘मापदण्ड विपरीत बनाएका संरचना एवं सामान नियन्त्रणमा लिँदै कारबाही गरेका छौँ ।’

पटकपटक सूचना आह्वान, अनुरोध एवं अनुनयविनय गर्दा समेत अटेरी गरेपछि बाध्य भएर संरचना हटाउन सुरु गरेको उपमेयर लेखकले बताइन् । ‘बजार स्वच्छ, सफा एवं सबैलाई सहज गराउने हाम्रो उद्देश्य हो,’ उनले भनिन्, ‘कसैलाई दुःख दिने भन्ने होइन ।’ नगरपालिकाले व्यापारीले कब्जा गरेको फुटपाथ हटाउन थालेपछि स्थानीयवासीले सो कदमको स्वागत गरेका छन् ।

Loading...