कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकास्थित एक घरमा चोरी भएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका १ स्थित बसन्त खडायतको घरमा भेण्टीलेटरबाट छिरेर चोरी भएको प्रहरीले जनाएको हो ।
खडायतको घरमा कोही नभएको अवस्थामा घरको पछाडीपट्टि रहेको भेण्टीलेटरबाट छिरेर चोरी भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । खडायतले नगद, गरगहना सहित अन्य सामाग्री चोरले चारेर लगेको बताएका छन् । उनले घरमा राखिएको सिलिण्डर ग्यास पनि चोरेर लगेको र घरभित्र कागजात, दराज तोडफोड गरिएको बताए ।

भेण्टीलेटरबाट छिरेर चोरी भएको जानकारीपछि प्रहरीले खोजी कार्य अगाडी बढाएको जनाइएको छ । यद्यपि चोरले ढोका भएर चोरी नगरेको र भेण्टीलेटर बाट छिरेर चोरी गरेको भेटिएकाले यसमा दुई वा बढीको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ । शुक्रबार प्रहरी टोलीले उनको घरमा मुचुल्का उठाउँदै चोरीमा संलग्नको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
