मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन

अत्तरिया– धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर शनिबारदेखि सञ्चालन गरेको हो ।

लेनको उद्घाटनका क्रममा नगर प्रमुख गोपाल हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताए । उद्घाटन कार्यक्रमपछि साइकल यात्रीहरूले धनगढीदेखि विमानस्थलसम्म साइकल समेत चलाएका छन् । धनगढी उपमहानगरपालिकाले ठेक्का आह्वान गरेर ६ लेन सडकखण्डमा साइकल लेन निर्माण गरेको थियो ।

कैलालीमा मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा छुट्टै साइकल लेन निर्माण गरिएको छ।
कैलाली भन्सारदेखि धनगढी विमानस्थल गेटसम्मको सडकमा उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो। धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।

कैलाली भन्सारदेखि विमानस्थल गेटसम्म सात दशमलव १४ किलोमिटर दाँया र सात दशमलव १४ किलोमिटर बाँया सडकको दुबैतिर साइकल लेन निर्माण गरिएको छ। उपमहानगरपालिकाले विकास निर्माण सेवा बाँकेसँग ४४ लाख ९१ हजार चार सय २१ रुपैयाँमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला कुमारी रानाले साइकल लेनको शनिवार बिहान उद्घाटन गरेकी छन्। उनले धनगढीको ट्राफिक चौराहमा हरियो झन्डा देखाएर साइकल लेनको उद्घाटन गरेकी हुन्।

Bhancha ghar0

नगर प्रमुख गोपाल हमालसहितका साइकल यात्रीहरुले धनगढीको ट्राफिक चौराह हुँदै भन्सार र भन्सार हुँदै विमानस्थल मार्गसम्म साइकल चलाएका छन्। साइकल लेनको उद्घाटन स्थलमा नगर प्रमुख हमालले सडकमा रेखाङ्कन गरिएको क्षेत्रमा मात्र साइकल चलाउन आग्रह गरे। उनले भने, ‘साइकल यात्रीको पनि सडकमा हक छ। ठुलो सवारीका चालकहरुलाई सन्देश दिएका हौ।

साइकल बिच सडकमा पनि चलाउनु भएको हुन्छ। हामीले लाइन छुट्याएका छौ। साइकलका लागि सडक छैन। अहिले हामीले साइकलका लागि ठाउँ दिएका छौ। उहाँहरुको अधिकार पनि हो। दुर्घटना पनि कम हुन्छ।’ धनगढी उपमहानगरपालिकाले पर्यावरण, सडक सुरक्षा र साइकल यात्रीको सुरक्षाका लागि लेन निर्माण गरिएको बताएको छ।

नगर प्रमुख हमालले भने, ‘पर्यावरण र स्वास्थ्यमा साइकल चलाउदा राम्रो हुन्छ। साइकल यात्रीहरुको सम्मानका लागि हामीले पहिलो चरणमा ६ लेनमा साइकल लेन बनाएका छौ। क्रमिक रुपमा विकास गर्दै जानेछौ।’ सुदूरपश्चिममै पहिलो पटक साइकल लेनको निर्माण गरेर उद्घाटन समेत गरिएको छ। नेपालमा पहिलो पटक लामो साइकल लेनको उद्घाटन गरिएको साइकल यात्री भरतविक्रम शाहले बताए।

उनले भने, ‘साइकललाई सम्मानको रुपमा हेरिएको छैन। धनगढीले साइकल यात्रीलाई सम्मान गरेको छ। हामीलाई पनि स्थान दिइएको छ। साइकलमैत्री सडक निर्माण गर्न सुरु भएको छ।’

धनगढी उपमहानगरापलिकाले निर्माण गरेको साइकल लेनको उद्घाटनमा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, डिभिजनल इन्जिनियर दीजराज भट्टलगायतका कर्मचारीलगायतको सहभागिता थियो। उपमहानगरपालिकाका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको भने कार्यक्रममा सहभागिता थिएन।

Loading...