सुदूरपश्चिममा २५९ सवारी लिलाम गर्दै प्रहरी

धनगढी- प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएका, तर सम्बन्धित सवारीधनीले फिर्ता नलगेका दुई सय ५९ सवारीसाधन लिलामी गर्ने तयारी गरेको छ । २०६६ सालयता सुदूरपश्चिमका विभिन्न जिल्ला, प्रदेश ट्राफिक तथा प्रहरी कार्यालयमा रहेका दुई सय ५९ वटा दुई तथा चारपांग्रे सवारी प्रहरी कार्यालय परिसरमा ‘कवाड’ झैं थन्किएका छन् ।

तीमध्ये अधिकांश सामान्य मर्मत गरेर चलाउन सकिने खालका छन् भने केही पार्टपुर्जा फेरेर चलाउन सकिन्छ । केही भने स्क्र्याप (पत्रु) नै गर्नुपर्ने अवस्थाका छन् । त्यस्ता सवारी प्रहरीको टाउको दुखाइ बनेपछि ट्राफिक प्रहरीले लिलाम गर्न लागेको हो । यो प्रक्रियाका लागि सहजीकरण गर्न आवश्यक निर्देशनको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइने भएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

अतिरिक्त प्रहरी महानिरीक्षक मीरा चौधरीका अनुसार सवारीधनीले लिन नआएका सवारीले गर्दा प्रहरी परिसर अस्तव्यस्त भएपछि उपाय खोजिएको हो । सवारी अनुगमन तथा ट्राफिक व्यवस्थापन दौरान कारबाहीमा परे ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका सवारी साधनलाई व्यवस्थापन गर्ने कार्यविधिको मस्यौदा तयार भएर मन्त्रालय पुगेको हो ।

Dadeldhura hospital

मस्यौदा नेपाल प्रहरीले बनाएको हो । सवारी धनीले लिन नआएका सवारीले गर्दा प्रहरी परिसर अस्तव्यस्त भएपछि उपाय खोजिएको हो । सुरुमा प्रहरी कार्यालय र त्यसपछि नियमित रूपमा सरकारी कार्यालयमा थन्किएका सवारी साधन लिलाम गर्दै जाने तयारी छ ।

तयार मस्यौदाअनुसार पाँच वर्षसम्म पनि दाबी नगरिएका सवारीको राजस्व तिरेर लैजाने पहिलो प्राथमिकता सवारी धनीलाई दिइनेछ । त्यसपछिको प्राथमिकतामा बोलकबोल प्रक्रियामा जानेछन् । ममर्त गरेर वा पार्टपुर्जा फेरेर भए पनि चलाउन मिल्ने किसिमका सवारी छन् भने सवारी धनी पुर्जा (ब्लुबुक) बनाउने गरी कानुनी प्रबन्ध पनि गरिनेछ ।

बेवारिसे सवारी साधन राख्ने ठाउँको अभाव हुँदा ट्राफिक प्रहरीलाई टाउको दुखाई बनेको छ भने वर्षौंदेखि थुप्रिएको फोहोरले प्रहरी कार्यालय कवाडीखाना झै बनेका छन् । ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारी धनी पहिचान गरी फिर्ता पठाउने गरेको छ । तर, कर नै धेरै भएको, कवाड बनेका, इन्स्योरेन्सबाट क्षतिपूर्ति लिएका सवारीधनी सवारी लिन आउने गर्दैनन् । यस्ता सवारी साधन व्यक्तिको निजी सम्पति भएकाले लिलाम गर्न कानुन बाधक थियो ।

कार्यविधि बनेपछि कानुनी बाधा पनि हट्ने ट्राफिक प्रहरीले बताएको छ । सवारीधनी विदेश गएर, हजारौं रुपैयाँ राजस्व तिर्न बाँकी रहेकाले नवीकरण गर्दा सवारीको भ्यालुभन्दा बढी तिर्नुपर्ने स्थितिमा पुगेका, दुर्घटनामा परेर दायित्व थपिएका वा कतिपयले कानुन थाहा नपाएका कारण ट्राफिक कार्यालयमा सवारी छाड्ने गरेको पाइएको छ । सुदूरपश्चिममा बाइक तथा स्कुटर दुई सय ५६ र तीन वटा चार पाङ्ग्रे सवारीसाधन बेवारिसे अवस्थामा छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धेरैजसो सवारी साधन तुरुन्तै भन्सार कार्यालय पठाउने गरेको जनाएको छ ।

Loading...