अमरगढीलाई स्मार्ट सिटीका रूपमा विकास गरिने

डडेल्धुरा- नेपाल सरकारले देशका विभिन्न १० वटा सहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना अनुरूप सदरमुकाम अमरगढीलाई स्मार्ट सिटीका रूपमा विकास गर्न बजेट विनियोजन भएको छ ।

अमरगढी सहरभित्रका सडक स्तरोन्नतिका लागि नयाँ सहर आयोजना समन्वय कार्यालय मार्फत ९१ करोड रुपियाँ बजेट विनियोजन भएको हो। २०७५ सालमा अमरगढी स्मार्ट सिटी निर्माण गुरु योजना (मास्टर प्लान) तयार गरिएको थियो ।

Navadurga sun

नयाँ सहर आयोजना समन्वय कार्यालय काठमाडौँले अमरगढी स्मार्ट सिटी अन्तर्गत बागबजार-टुँडिखेल-हस्पिटल-रिङ रोड र लिङ्क रोडहरू गरेर १६.८४४ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्य भइरहेको कार्यालयका इन्जिनियर मोनिका महर्जनले जानकारी दिए ।

पर्यटकीय, व्यापारिक र कृषि उत्पादनका लागि प्रख्यात ठाउँहरूलार्ई थप व्यवस्थित बनाइ स्मार्ट सिटीको परिकल्पना गरिएको उनले बताए । स्मार्ट सिटीका लागि आवश्यक भवन, विद्युत, खानेपानी, फोहोर व्यवस्थापन, यातायात, शिक्षा लगायत सुविधा हुन आवश्यक छ । स्मार्ट सिटी अन्तर्गत अमरगढी नगरपालिका मार्फत उग्रतारा मन्दिर, घटाल थान, रावतोली विशकुटी गुफा क्षेत्रमा केही रकम खर्च गरेर पूर्वाधार निर्माणका काम गरिएको छ ।

स्मार्ट सिटी योजना निर्माणका लागि विनियोजन भएको बजेटबाट केही थप पूर्वाधारहरू निर्माणको काम भइरहेको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले बताए । “भौतिक पूर्वाधार निर्माणका धेरै योजना माग भएका छन्,” उनले भने, “अहिले बजेट नै घटेर आएपछि सबै योजना समेट्न सकिएको थिएन । स्मार्ट सिटी अन्तर्गत आउने बजेटले नगरभित्रका सडकमा नाली, पर्खाल निर्माणका साथै कालोपत्रे गरिएको छ ।”

ADD Khali jpg
ADD Khali jpg
Loading...