धनगढी उपमहानगरपालिकाका नगर प्रमुख र प्रशासकीय अधिकृत विरुद्ध दायर रिट खारेज

धनगढी- धनगढी उपमहानगरपालिकाका नगर प्रमुख र प्रशासकीय अधिकृत विरुद्ध उच्च अदालतमा दायर रिट खारेज भएको छ ।

बिहिवार मुख्य न्यायाधीश शान्तिसिंह थापा र न्यायाधीश डालकुमार खड्काको संयुक्त इजलाशले नगर प्रमुख र प्रशासकीय अधिकृतविरुद्ध विस्नापति थरुनीले दायर गरेको रिट खारेज गरेको हो ।

Bhancha ghar0

धनगढी उपमहानगरपालिका वडा नम्बर १ पुरानो हवाई मैदानमा रहेको धनगढी नगर विकास समितिको नाममा दर्ता श्रेस्ता भएको जग्गामा अनाधिकृत बसोबास गरिरहेका विस्नापति थरूनी समेतका ९ जनाले उच्च अदालत दिपायलमा उत्पेषण परमादेशको रिट दायर गरेका थिए ।

उनीहरूले धनगढी नगर विकास समितिका अध्यक्ष एवं धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र समितिका सदस्य सचिव एवं धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठविरुद्ध उत्पेषण परमादेशको रिट दायर गरेका थिए ।

बिहीवार फैसला सुनाउँदै अदालतले रिट खारेज हुने ठहर गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । स्थानीय तहको प्रमुख नै नगर विकास समितिको अध्यक्ष हुने व्यवस्था अनुसार नगर प्रमुख हमालविरुद्ध रिट दायर भएको थियो ।

Loading...