कृष्णपुरमा निशुल्क आँखा शिविर सम्पन्न, पाँच हजार ७ जनाले सेवा लिए

अत्तरिया– कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क आँखा शिविर मंगलबार सम्पन्न भएको छ । पौष १ गते वडा न.१ को कुमगडाबाट शुरु भएको आँखा शिविर पौष १७ गते वडा न.९ को आधारभुत स्वास्थ्य केन्द्र राजघाटमा गएर सकिएको छ । निशुल्क आँखा शिविरमा पाँच हजार ७ नगरबासीले घर दैलौमै सेवा लिएका छन् ।

नगरपालिकाले ९ वटै वडाका १२ स्वास्थ्य युनिट र भौगोलिक हिसाबले विकट मानिएको वडा न.१ कुमगडा गरेर १३ स्थानमा आँखा शिविर संचालन गरिएको हो । आँखा शिविरमा एक हजार पाँच सय ३९ जनालाई नजिकको चश्मा प्रदान गरिएको छ भने ६ सय १३ जनालाई सल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको छ ।

Navadurga sun
Godawari sandesh

सल्यक्रियाका लागि सिफारिस गरिएका ६ सय १३ जनाको धनगढी नेत्रालयले निशुल्क सल्यक्रिया गर्ने कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिस्टले जानकारी दिए ।

पौष १ गते कुमगडाबाट शुरु भएको आँखा शिविरमा ६० जनाले सेवा लिएका थिए । जसमा २८ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने २ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । त्यसैगरी वडा न.१ कै दोमिल्ला र निगालिमा गरेर थप ७२० जनाले सेवा लिएका हुन ।

Dadeldhura hospital

वडा न .२ का दुई स्थानमा आँखा शिविर संचालन गरिएको थियो त्यहाँ ८३८ जनाले सेवा लिँदा ३३९ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने १०५ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न.३ मा ४२५ जनाले सेवा लिँदा १०५ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ३५ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न.४ मा ६४९ जनाले सेवा लिँदा १७६ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ९९ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो ।

वडा न.५ मा ५१६ जनाले सेवा लिँदा १३३ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ७७ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न .६ मा ४२५ जनाले सेवा लिँदा ११४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ६२ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो ।

वडा न .७ मा ४१३ जनाले सेवा लिँदा १०३ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ५५ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न ८ मा ४५५ जनाले सेवा लिँदा ११४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ५२ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो र हिजो मंगलबार समापनका दिन वडा न.९ मा ५०० जनाले सेवा लिएका थिए । जसमा १३४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ६७ जनलाई सल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको हो ।

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरबासीले उत्साहका साथ निशुल्क आँखा शिविरमा भाग लिएको भन्दै खुशी व्यक्त गरे । उनले पछिल्लो समय नसर्ने रोगका कारण धेरैले अकालमै मृत्यु वर्ण गरिरहनु परेको भन्दै नसर्ने रोगहरु पहिचान होस् भन्नका लागि नगरपालिकाको स्वास्थ्य विशेषज्ञ टिम नागरिकका घर घरमा पुगिरहेको बताएका छन् ।

उनले आफू नागरिकको स्वास्थ्यप्रती चिन्तित रहेको भन्दै अघिल्लो वर्षको नागरिकसँग मेयर कार्यक्रमलाई निरन्तरता दिदै यसपटक विशेष गरि महिला लक्षित शिविर आङ खस्ने,पाठेघर सम्बन्धि समस्या,तल्लो पेट दुख्ने समस्यालाई मध्यनजर गर्दै छिट्टै निशुल्क शिविर संचालनमा ल्याइने बताए ।

आँखा शिविरमा नगरपालिकाले निशुल्क नजिकको चश्मा र औषधिको व्यवस्था गरेको थियो भने धनगढी नेत्रालयले प्राविधिक सहयोग गरेको हो । नगरपालिकाले अघिल्लो वर्ष पनि नेत्रालयसँग समन्वय गर्दै निशुल्क आँखा शिविर संचालन गरेको थियो ।

Loading...