कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

Bhancha ghar0

कैलाली- कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थित से १ त २३२७ नम्बरको ट्याक्टरबाट खसेर जानकी गाउँपालिका-६ जगतपुरका ६० वर्षीय देव बहादुर शाहको मंगलवार साँझ मृत्यु भएको हो ।

ट्याक्टर चालक जानकी गाउँपालिका-६ जगतपुरका ३६ वर्षीय दयाशंकर चौधरीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...