सुदूरपश्चिममा जग्गा भाडा सम्बन्धी कार्यविधि तयार हुँदै

धनगढी– सुदूरपश्चिममा जग्गा भाडामा दिने सम्बन्धी कार्यविधि तयार हुने भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कार्यविधि बनाउन लागेको हो ।

प्रदेशमा जग्गा भाडामा लिने/दिने कामलाई व्यवस्थित बनाएर खेती गर्न चाहने भूमिहीन, मुक्त हलिया, मुक्त कमैया, मुक्त कमलरी, द्वन्द पीडित र विस्थापित, साना किसान, विपन्न परिवार र न्यून आय भएका कृषक परिवारलाई भाडामा जग्गा लिने व्यवस्था मिलाउन कार्यविधि मन्त्रालयले कार्यविधि बनाउन लागेको हो ।

Bhancha ghar0

कार्यविधि तयार गरेर व्यक्ति, संघ-संस्था तथा सरकारी स्वामित्वमा रहेको बाँझो रहेको कृषियोग्य जमिनखेती उपयोग गरिने लक्ष्य राखिएको छ । मङ्गलवार कार्यविधिलाई अन्तिम रुप दिन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा एक समिति गठन गरिएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरी र प्रदेश सचिव मदन सिंह धामीको उपस्थितिमा मन्त्रालयका भूमि व्यवस्थापन महाशाखा प्रमुख धर्मराज ओझाको संयोजकत्वमा पाँच सदस्यीय कार्यविधि निर्माण समिति बनाइएको छ ।

समितिको सदस्यमा मन्त्रालयका कानुन अधिकृत राम कुमार झा,कृषक समूह नेपालका सुदूरपश्चिम अध्यक्ष प्रकाश थापा, लि-वर्डका परियोजना संयोजक इन्द्रेश्वर मण्डल र याक नेपालका परियोजना संयोजक देवी खनाल सदस्य रहेका छन् ।

Loading...