काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले सात प्रदेश मध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभूत तत्वहरू बढी भएको स्थान रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित दृश्यमा खप्तड शृङ्खला २ को विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री साउदले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेको बताए । उनले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रका लागि पनि सुदूरपश्चिम क्षेत्र महत्वपूणर् रहेको बताए ।
उनले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम प्रदेश महत्त्वपूणर् रहेको बताए । मन्त्री साउदले अहिले पनि सुदूरपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताए ।