कञ्चनपुरमा लागूऔषध सहित एकै दिन ७ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित एकै दिन ७ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ पुस्पलाल चोक स्थित साधारण मा.बिबाट १.८६ ग्राम चरेश र अवैध लागूऔषध प्रिगाबालिन ट्याब्लेट ५ थानसहित भीमदत्त नगरपालिका-१४ पलिया बस्ने २२ वर्षीय पारस चन्द सहित तिन जना आईतवार दिउँसो पक्राउ परेका हुन् ।

Bhancha ghar0

अस्थाई प्रहरी बिट पुष्पलाल चोक कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ ।

यस्तै पुर्नबास नगरपालिका-११ भिम बस्तिबाट ८०५ मिलिग्राम लागूऔषध (खैरो हिरोइन) र अवैध लागूऔषध निटकोर-१० (निट्राजिपाम) लेखेको ट्याब्लेट १५ थानसहित सोही वडा नम्बर-५ बस्ने २९ वर्षीय कृष्ण बडु सहित चार जना आईतवार दिउँसो पक्राउ परेका हुन् ।

बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त पदार्थ सहित फेला पारी चारै जनालाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...