भारतमा आगलागी हुदा ६ जनाको मृत्यु, ९ घाइते

एजेन्सी- भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा आइतबार मध्यरातमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

Malpot office dadeldhura

राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन ।

घटनाको पुष्टि गर्दै स्थानीय दमकल विभागका एक अधिकारीले भने, ’घटनामा ६ जनाको मृत्यु भएको र ९ जनालाई घाइते अवस्थामा स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।’ घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या थप हुन सक्ने प्रहरीले जनाएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...