कैलालीको गेटा अस्पतालमा स्वास्थ्य मन्त्रीको अनुगमन

३ सय शय्याको बनाउन पहल थाल्नेछु : मन्त्री बस्नेत

अत्तरिया- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत सहितको टोलीले कैलालीस्थित गेटा अस्पतालको अनुगमन गरेको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयका सचिव, यस क्षेत्रका सांसद तुलसि देवकोटा, गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, कञ्चनपुरकी सांसद गिता चौधरी लगायतको उपस्थित रहेको थियो ।

Bhancha ghar0

आइतबार अनुगमनका क्रममा मन्त्री बस्नेतले गेटामा भौतिक संरचना निर्माण भए पनि त्यसलाई सञ्चालन ल्याउन अझै धेरै काम बाँकी रहेको बताए । मन्त्री बस्नेतले भने, ‘भौतिक संरचना तयार छ । १ सय शय्या सञ्चालन अनुमति पाएको गेटा अस्पताललाई ३ सय शय्याको बनाउन पहल थाल्नेछु । यसको दरबन्दी व्यवस्थापनमा विशेष ध्यान दिन्छु ।’

मन्त्री बस्नेतले गेटामा भौतिक संरचना निर्माण भए पनि त्यसलाई सञ्चालन ल्याउन अझै धेरै काम बाँकी रहेको बताए । गेटामा मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल सञ्चालन गर्न आवश्यक छ । बाहिरी क्षेत्रबाट डाक्टरहरू सुदूरपश्चिममा आउन नमान्ने भएकाले गेटामा मेडिकल शिक्षा सञ्चालन भएपछि यसै क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने मन्त्री बस्नेतले बताए ।

अनुगमनका क्रममा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले प्रगति विवरण सार्वजनिक गर्दै १ सय ४१ अस्थायी दरबन्दी रहेको अस्पताल गत कार्तिक १ देखि सञ्चालनमा छ । हाल सम्म १ हजार ३७ जना बिरामीको उपचार गरिएको अस्पतालका निर्देशक डाक्टर जोशीले जानकारी दिए ।

Loading...