धनगढीमा फोहोरबाट मल र ग्यास उत्पादन

परीक्षणका रूपमा दैनिक ३०/४० सिलिन्डर ग्यास उत्पादन भैरहेको छ : प्रबन्ध निर्देशक पन्त

अत्तरिया- कैलालीको धनगढीमा कुहिने फोहोरबाट खाना पकाउन सकिने ग्यास उत्पादन गरिँदै छ । धनगढी उपमहानगरपालिका-२ मा बायो प्लान्ट स्थापना गरी फोहोरबाट कम्प्रेस नेचुरल ग्यास (सिएनजी) उत्पादन गर्न थालिएको हो ।

यसलाई बायो मिथेन ग्यास भन्ने गरिन्छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, धनगढी उपमहानगरपालिका र देव तालिम केन्द्रको लगानीमा प्लान्ट निर्माण गरिएको छ । यसलाई २० वर्षसम्म सञ्चालनको अधिकार भने देव तालिम केन्द्रले पाएको छ ।

अहिले परीक्षणका रूपमा दैनिक ३०/४० सिलिन्डर ग्यास उत्पादन भइरहेको तालिम केन्द्रका प्रबन्ध निर्देशक रविनकान्त पन्तले बताए । “प्लान्ट पूर्ण रूपमा सञ्चालनमा आएमा दैनिक एक सय सिलिन्डर ग्यास उत्पादन हुने बताइएको छ । पाइप लाइनमार्फत देव तालिम केन्द्रसम्म ग्यास पुर्‍याएको छ । सिएनजी ग्यासबाटै खाना पकाउने कार्य हुँदै आएको छ । यसको परीक्षण सफल भएकाले अब जनताको घर घरसम्म ग्यास पुर्‍याइन प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट अनुमति माग गरिएको छ ।

Malpot office dadeldhura

जनताको घरमा खाना पकाउने एलपी ग्यासभन्दा सस्तो पर्ने सिएनजी ग्यास घरमै पुर्‍याउने पन्तले बताए । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार छ । सिएनजी ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय पर्ने जनाइएको छ ।

ग्यास उत्पादन गरेको फोहोरबाट कम्पोस्ट मल पनि उत्पादन भइरहेको छ । हाल दैनिक १/२ क्विन्टल मात्रै मल उत्पादन भइरहेको छ । शत प्रतिशत फोहोर राखेमा दैनिक ३ हजार ५ सय केजी मल उत्पादन हुने देखिन्छ ।

दुई लाख जनसंख्या रहेको धनगढी उपमहानगरपालिकामा दैनिक ५८ टन फोहोर उत्पादन हुने गरेको छ । जस मध्ये ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने छ । कुहिने फोहोर बायो ग्यास र मल बनाउन प्रयोग भइरहेको छ ।

त्यसका लागि २१ करोड रुपियाँ लगानीमा प्लान्ट बनाइएको हो । यसमा १३ करोड रुपियाँ देव तालिम केन्द्र र ८ करोड रुपियाँ नेपाल सरकारको रहेको धनगढी उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक पाठकले जानकारी दिए ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...