सुदूरपश्चिमका उसु खेलाडी सवार बस दुर्घटना : मृतक र घाईते परिवारलाई सहयोग गर्न खेलकुद परिषद्को अपिल

धनगढी- सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले सुदूरपश्चिमका उसु खेलाडी सवार बस दुर्घटनामा दुख ब्यक्त गर्दै प्रदेश सरकारले मृतक र घाईते परिवारलाई सहयोग गर्न अनुरोध गरेको छ ।

प्रदेश खेलकुद परिषद् सदस्य सचिव दिपक बहादुर सिंहले शनिबार एक विज्ञप्ती जारी गर्दै बस दुर्घटनामा निधन भएका मृतक खेलाडीप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्रस्वास्थ्य लाभको कामना ब्यक्त गरेका हुन् । साथै उनले मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको लागि आवश्यक सहयोग गरिदिन सुदूरपश्चिम प्रदेश सरकारसँग विशेष अनुरोध गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

मकवानपुरको हेटौडामा अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गरेको सुदूरपश्चिमका उसु खेलाडी सवार सुप यातायातको ३३९२ नम्बरको बस कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिम स्थित चोरखोलामा आज बिहान २ बजे दुर्घटना भएको थियो । बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१२ जुगेडाकी १८ वर्षीया निता खड्का रहेकी छन् ।

घाईते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । यस्तै बसमा सवार अन्य खेलाडीहरु पुष्पा कुँवर, सपना तामाङ्ग, सृजना विसी, मुकेश कार्की, अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दिपक चौधरी र ज्ञानु विक तथा निणर्ायकहरु खुशीराम चौधरी,राजीव गुप्ता र एलिसा खाती घाइते भई उपचाररत रहेका छन् । बसमा उखु खेलाडी ३४ जना र अन्य ८ जना सवार रहेका थिए ।

मकवानपुर जिल्ला उसु सङ्घ हेटौडाका सचिव विश्वनाथ पाठकले धनगढीबाट गएको ट्रक र संघै पछाडिबाट गइरहेको ट्रकले ओभरटेक गर्दा विपरीत दिशाबाट आइरहेको बस दुर्घटनामा परेको बताए । कैलाली जिल्ला खेलकुद बिकास समितीका उसु खेदकुद सहायक प्रशिक्षक रतन खातीले सांधुरोबाटो भएकाले ओभरटेक गर्दा बस दुर्घटनामा परेको बताए । बस पल्टीदा बिद्यार्थी खसेकाले च्यापिएर मृत्यु भएको उनले बताएका छन् ।

Loading...