धनगढी- कैलालीको धनगढीमा विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी केही दिनमा प्रतियोगिताको मिति र पुरस्कार राशि घोषणा गर्ने तयारी भइरहेको छ ।



लिटल फ्लावर स्पोर्ट्स क्लब धनगढीले श्री कलेज धनगढी फुटबल लिग (श्री कलेज डिएफएल-२) २०८० फागुनको दोस्रो हप्ता देखी आयोजना गर्ने तयारी गरेको क्लबको अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।



कक्षा १२ सम्म सञ्चालित विद्यालयहरूले फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । १६ वटा टिम सहभागी गराउने लक्ष्य लिएको अध्यक्ष शाहीले बताए । प्रतियोगिताको विजेता, उपबिजाते एवं उत्कृष्ट विधाका खेलाडीहरूलाई नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
प्रतियोगिता लिग कम नक- आउट फर्म्याटमा खेलाइने जनाइएको छ । प्रतियोगितामा सहभागी हुन चाहने (कक्षा १२ सम्मका) विद्यालयहरूलाई यही पुस २० गतेभित्र टिम दर्ता गरिसक्न हुन आग्रह गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।
केही साता अघि मात्रै यही क्लबले क्रिकेट प्रतियोगिताको आठौँ संस्करण पनि सफलता पूर्ण रूपले सम्पन्न गरिसकेको छ ।




