कञ्चनपुरमा लागूऔषध सहित दुई युवक पक्राउ

Bhancha ghar0

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-४ फ्लोरिडा स्कुल नजिकबाट ०.०९ ग्राम लागूऔषध सहित भीमदत्त नगरपालिका-६ बनगाँउका २८ वर्षीय बिनोद भुजेल सहित समेत दुई जना मंगलबार साँझ पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...