सुदूरपश्चिममा लम्पी स्किनबाट साढे ३ लाख पशु संक्रमित

धनगढी- गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगबाट हालसम्म सुदूरपश्चिममा ३ लाख ४६ हजार ८ सय पशु संक्रमित भएको र १४ हजार ३ सय ९० मरेको पशु सेवा विभागले जनाएको छ ।

संक्रमित पशुमध्ये ३ लाख २९ हजार ४ सय ६८ निको भएका छन् । पशुचौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनबाट हालसम्म भएको आर्थिक क्षतिको एकीन विवरण आउन बाँकी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह-प्रवक्ता तथा वरिष्ठ पशुचिकित्सक डाक्टर तपेन्द्र प्रसाद बोहराले बताए । उनका अनुसार आर्थिक क्षतिबारे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को आर्थिक विश्लेषण शाखाले अध्ययन गरिरहेको छ ।

Malpot office dadeldhura

शुरुआती अध्ययन अनुसार एउटा पशु लम्पी स्किन संक्रमित हुँदा करीब ४९ हजार ७ सय ३५ रुपैयाँ जति क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । लम्पी स्किनबाट हालसम्म सबै भन्दा धेरै सुदूरपश्चिम प्रदेशमा क्षति भएको छ । सुदूरपश्चिममा संक्रमित ३ लाख ४६ हजार ८ सय मध्ये १४ हजार ३ सय ९० पशुको मृत्यु भएको छ । संक्रमित पशु निको हुनेमा पनि सुदूरपश्चिम सबै भन्दा अगाडि छ ।

एक प्रकारको भाइरसबाट लाग्ने यस रोगको हालसम्म ठ्याक्कै उपचार विधि नभए पनि खोपको माध्ययमबाट यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ । सरकारले विभिन्न स्थानीय निकाय मार्फत टोली खटाएर खोप लगाउने, किसानलाई परामर्श दिने र रोग नियन्त्रणका उपाय सिकाउने काम गरेको छ ।

एक पटक रोगबाट संक्रमित भइसके पछि उक्त पशु चौपायमा पुनः संक्रमण हुने खतरा निकै कम भएकाले यस वर्ष बढी संक्रमण भएका ठाउँमा अर्को वर्ष संक्रमण कम फैलिने अनुमान गरिएको पशुचिकित्सक बताउँछन् । लम्पी स्किनको भाइरसले जाडो भन्दा गर्मी मौसममा पशुचौपायालाई बढी आक्रमण गर्ने हुँदा सरकारले आगामी वर्ष यसको क्षति न्यूनीकरणको रोडम्याप तयार गरिहरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

रोडम्याप तयारीका लागि मन्त्रालयले इथियोपियास्थित इन्टरनेसनल लाइभस्टक रिसर्च इन्स्टिच्युटसँग मिलेर आगामी वर्ष नेपालमा लम्पी स्किन रोगबाट हुन सक्ने क्षति कसरी कम गर्न सकिन्छ भन्नेमा छलफल गरिरहेको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...