धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी– कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ इ गाउँमा शनिवार राति मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय पप्पु बहादुर कामीको मृत्यु भएको हो ।

Bhancha ghar0

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनले चलाएको से ५ प ४७७५ नम्बरको मोटरसाइकल शनिवार राति अनियन्त्रित भएर दुर्घटना भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका पप्पुको सेती अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ ।

Loading...