टीकापुर नगरपालिका : नसर्ने रोगबारे सचेतना फैलाउन स्वास्थ्य स्वयंसेविका परिचालन

धनगढी- टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ। नगरपालिकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहन बारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो ।

पालिकाले १२० स्वयंसेवक महिलालाई तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ । स्वयंसेवक महिलालाई नसर्ने रोगका प्रकार, लक्षण, बच्ने उपाय र मानसिक स्वास्थ्य समस्या बारे जानकारी दिएको छ । उनीहरुले समुदायमा गएर टोल भेला, गाउँघर क्लिनिक, आमा समूहको बैठक वा स्वास्थ्यका हरेक अभियानमा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्या बारे छलफल गर्न थालेका छन् ।

Navadurga sun

नगरपालिकाको स्वास्थ्य शाखाले पालिकामा दैनिक नसर्ने रोगको जटिल समस्या भएका उपचारका लागि सिफारिस लिन आउन थालेपछि स्वयंसेविका परिचालन गरेको हो । पालिकामा नसर्ने रोग मध्ये मुटु सम्बधी रोग, श्वासप्रश्वास सम्बन्धी रोग, हृदयाघात, मस्तिष्कघात, मधुमेह (चिनी रोग), दम, सीओपीडी र क्यान्सरको समस्या भएकाहरु दैनिक उपचारका लागि सिफारिस लिन आउने गरेका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बल बहादुर रावलले बताए ।

‘दिनप्रतिदिन बिरामीको संख्या बढ्दै गएकाले हामीले सचेतना फैलाउन थालेका छौँ’, उनले भने, ‘हामीले वडावडामा नसर्ने रोग परीक्षण बारे स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य संस्थाले समेत परामर्श दिने लगायतका कार्य गरिरहेका छौँ ।’ समाजमा नसर्ने रोगका बिरामी धेरै भए पनि कमै मात्रले रोग पत्ता लगाएर उपचार गराइरहेको र अन्तिम अवस्थामा जानकारी पाएर उपचारमा जाने भएकाले पालिकाले सचेतना फैलाउन थालेको जनस्वास्थ्य निरीक्षक धर्म सिँह बटालाले बताए ।

‘जनचेतनाको अभाव तथा कतिपय अवस्थामा स्वास्थ्य सेवाको पहुँच नपुग्दा नसर्ने रोग लागेको समेत थाहा नपाई अकालमा ज्यान गुमाउने गरेका छन’, उनले भने, ‘नसर्ने रोगबाट बच्न मानिसले रहनसहन, खानपान र जीवनशैलीमा सुधार गर्नुपर्छ भनी सचेत बनाउन थालेका हौँ ।’

समुदायमा गएर स्वयंसेविकाले नसर्ने रोगबाट बच्न स्वस्थ्य खाना खाने, खानामा नुन र चिनी कम गर्ने, मैदाबाट बनेका परिकार कम खाने वा नखाने, बच्चा जन्मेको ६ महिना सम्म स्तनपान अनिवार्य गराउने, नियमित शारीरिक व्यायम, कसरत गर्ने लगायत विषयमा जानकारी गराउँछन् ।

उनीहरूले क्यान्सर रोकथामका लागि ९ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ह्युम्यान पापिल्लोमा भाइरसको तीन मात्रा खोप लगाउने, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाले पाठेघरको मुखको जाँच गराउने, ४० वर्ष नाघेका महिलाले स्तनको जाँच मेमोग्राफी गर्ने र कलेजोको क्यान्सर रोकथामका लागि हेपाटाइसिस ‘बी’को खोप लगाउनेलगायत विषयमा जानकारी दिन्छन् ।

नसर्ने रोग सरुवा रोगभन्दा भयानक रोग बन्दै गएकाले आफूहरुले सचेतना फैलाउन थालेका महिला स्वास्थ्य सेवक चन्द्रा चौधरीले बताइन् । महिला स्वास्थ्य स्वयंसेवक माया घर्तीमगर समुदायमा गएर नागरिकलाई स्वस्थ रहन सरसल्लाह र स्वास्थ्य शिक्षा दिने गरिरहेको जानकारी दिइन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...