टीकापुरबाट अवैध सामान सहित २ जना पक्राउ

धनगढी- कैलालीको टीकापुरबाट अवैध सामान सहित दुई जना पक्राउ परेका छन् । प्रदेश प्रहरी महेन्द्रनगरको टोलीले लुकाई छिपाई राखेको अवस्थामा अवैध सामान सहित शुक्रबार २ जनालाई पक्राउ गरेको हो ।

Bhancha ghar0

टिकापुर वडा नम्बर ४ मोरन्याबाट घरको गोदाममा लुकाइ राखेका सामान लोड गर्ने क्रममा प्रहरीले प्रकाउ गरेको जनाएको छ । प्रहरीले अनुमानित १० लाख बराबरको माल समान प्याज ४३ बोरा, स्यामल सुर्ती ६० पोका, चकलेट ६ पेटि, खुर्सानी ३ बोरा, ललिपप ३ कट्टा, सिन टोबाको १ कट्टा बरामद गरेको जनाएको छ ।

प्रहरीले अटो सहित अटोचालक र घरबेटीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरू माथि थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Loading...