खेलको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री साउँद

अत्तरिया- खेल र खेलाडीको सर्वाङगिण विकासका लागि प्रदेश सरकार र सम्बन्धित मन्त्रालयको मन्त्रीका हैसियतले आफू सदैव प्रतिबद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले बताएका छन । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री साउँदले यस्तो बताएका हुन ।

खेल स्वास्थ्य र राष्ट्रका लागि महत्वपूणर् छ, खेलले खेलाडीलाई मात्र नभएर राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने भएकाले पनि खेल प्रती खेलाडीको लगनशीलता, पर्याप्त हुनुपर्ने उनले बताए । खेलाडीहरुमा अभ्यास, अनुशासन पयाप्त हुनुपर्ने बताउँदै उनले खेल क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न आवश्यक रहेको बताए ।

Bhancha ghar0

प्रतियोगितामा एक भारतीय क्लब सहित १६ टिमको सहभागीता छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५-१५ हजार रुपियाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालनमा झण्डै ४९ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको समुह ए मा स्टार सिटी र पुर्नवास नगरपालिका खेलकुद विकास समितिसँगै टेक वहादुर चोखाल फाउण्डेसन, घोडाघोडी युवा क्लब, विएस १५ फुटबल एकेडेमी, एपिएफ ७ नम्बर वाहिनी, सिएफसी क्लब कोलकोत्ता र सुदूरपश्चिम ११ स्पोर्टस क्लब छन् । यस्तै, समुह बी मा ईलाईट युवा क्लब, अल स्टार्स एकेडेमी, वाईज युनियन लम्की, नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश, पुर्नवास युनाईटेड क्लब, ग्रीन सिटी क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब छन् ।

Loading...