धनगढीमा ट्याक्टरले ठक्कर दिदा एकको मृत्यु

धनगढी– कैलालीको धनगढीमा ट्याक्टरले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्युभएको हो ।

Malpot office dadeldhura

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार भगवती टोलका देवकर भट्टकी पाँच वर्षीया छोरी शान्तिलाई बिहिवार ट्याक्टरले ठक्कर दिएको हो । हसनपुर-स्याउले सडक खण्डमा से १ त ६२०४ नम्बरको ट्याक्टरले ठक्कर दिदा बालिकाको मृत्यु भएको छ । उनको धनगढीको निर्सग अस्पतालमा मृत्यु भएको हो ।

बालिकाको शव सेती अस्पतालका शव गृहमा राखिएको छ । ट्याक्टर र ट्याक्टर चालक भजनी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामजनम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...