अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ बेलकुण्डीबाट छुटपिट एवं विवादित जग्गाको नापी पुस ८ गते सुरु हुने भएको छ ।
नगरपालिकाले राष्ट्रिय भूमि आयोगको इकाई मार्फत वडा नं. ४ का भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको छुटपिट एवं विवादित जग्गाको नापजाँच कार्य सुरु गर्ने भएको हो ।
नगरपालिकाको सूचनामा भनिएको छ बेलकुण्डीबाट नापजाँचको काम सुचारु हुने हुँदा आवश्यक कागजातहरुमा निस्सा, नागरिकताको प्रतिलिपी, रेकर्ड फाइल र विवादित जग्गाको हकमा मेलमिलाप केन्द्रमा विवाद समाधान भएको पत्र सहित आ-आफ्नो जग्गामा उपस्थित भई दिन समेत अनुरोध गरेको छ । नापजाँचकार्य बिहान १०ः३० बजे देखि सुरु हुने सुचनामा उल्लेख छ ।